काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। आज उनले ९३ सदस्यीय प्रदेशसभामा प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री थापाले राखेको प्रस्तावको पक्षमा ४७ मत प्राप्त गरेका हुन्।
विश्वासको मत प्रयोजनका लागि ७७ जना उपस्थित भएका थिए। बैठकको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेर बहुमत पुर्याइएको हो।
एमाले नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बनेका थिए।
त्यतिबेला थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्चले उनको मुख्यमन्त्री नियक्ति बदर गरिदिएको थियो।
पछी सभामुख गौतमलाई राजीनामा गराएर पुनः थापा मुख्यमन्त्री बनेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-