काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले अब नियमित रुपमा फोहोर बञ्चरे डाँडामा जाने बताएका छन्।
उनले सडकमा फोहोर नफाल्न पनि नगरबासीलाई आग्रह गरेका छन्।
‘उनले सामाजिक सञ्जालमा लेखेका छन् ः फोहोर नियमित रुपमा बञ्चरे डाँडासम्म जाने क्रम जारी छ। अब घरघरमा थुप्रिएका फोहोरहरु पनि नियमितरुपमा संकलन हुन थाल्ने छन्। यसैले कृपया१ सडकमा फोहोर विसर्जन गर्ने नगरिदिनुहोला,’ ‘सबैको सहभागिता र योगदानबाट मात्रै हामीले सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्छौं। विश्वास छ, साथ दिनुहुनेछ।’







प्रतिक्रिया लेख्नुहोस्:-