न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्कमा साना व्यवसायीहरुका लागि नि : पीपीइ वितरण गरेको छ । काँग्रेसम्यान ग्रेस मेङ्गको प्रायोजन र क्वीन्स चेम्बर अफ कमर्सको साझेदारीमा साना उद्यमीहरुका लागि नि:शुल्क पीपीइ वितरण गरिएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए ।
अध्यक्ष घिमिरेका अनुसार काँग्रेसम्यान ग्रेस आफै पीपीए वितरण कार्यक्रममा उपस्थित थिइन । फाउण्डेशनको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित ग्रेसले बीस भन्दा धेरै साना व्यवसायीहरुको स्टोरमा पुगेर पीपीइ वितरण गरिन ।
कोरोना संक्रमण शुरु भए सँग फाउण्डेशनले न्युयोर्क नि:शुल्क खाद्यान्न वितरण गर्दै आएको छ । फाउण्डेशनले विषेशत स्थानीय निकायहरुको सहकार्यमा ताजा फलफुल,दुध, जुस तथा पोशिलो खाद्यान्न वितरण गर्ने गर्दछ ।
प्रतिक्रिया लेख्नुहोस्:-