Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एकता समाजद्वारा लस एन्जलसमा तिज पार्टीको आयोजना

भदौ १९, २०७५ ५:०७ मा प्रकाशित
एकता समाजद्वारा लस एन्जलसमा तिज पार्टीको आयोजना
Share on FacebookShare on Twitter

अमेरिका, लस एन्जलस १ सेप्टेम्बर / हिन्दुनारीहरुको महान् चाड हरितालिका तिजको अवसरमा नेपाल अमेरिका एकता समाजले तिज पार्टीको आयोजना गरेकोप छ । लामो भाषण र आसनग्रहण नगरी संस्थाका अध्यक्ष चन्द्र शिवाकोटीले सबैलाई स्वागत गर्दै सोझै मनोरन्जनात्मक कार्यक्रमको शुरुवात भएको थियो । एकता समाजले तिजको पार्टी हरेक बर्ष गर्दै आइरहेको छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व हिन्दु नारीहरू महादेवको पूजा आराधना गरी मनाउने गर्दछन् । सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन् । तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रमा उल्लेख छ ।
हरितालिकाको अघिल्लो दिन राती सबै चेलीहरु जम्मा भएर दर खाएपछि सुरु हुने तीजको दिन प्राय चेलीहरु निराहार पानी समेत पनि नखाईव्रत बसी महादेवको मन्दिरमा गई पूजाआजा गर्ने र नाचगान गरी नारी हृदयका भावनालाई गीत सङ्गीतबाट उजागर गर्ने गर्छन् भने रात्रिमा समेत जाग्राम बसी रमाइलो गर्ने प्रचलन यद्यपि छ । यसरी यो दिन व्रत बसेर विवाहित महिलाहरूले श्रीमानको गोडाको पानी खाएर ढोगेमा आयु लामो हुने विश्वास छ भने अविवाहितहरुले सुयोग्य, कर्मठ र शिवजस्तै पति पाउन भनी तीजको व्रत बस्ने गरेको पाइन्छ ।
त्यसै गरी तीजको दोस्रो ठुलो दिन अर्थात् ऋषिपञ्चमी महिलाहरूले आराधना,व्रत, स्नान पूजा पाठ र दान गरेर मनाएर गरिएको ऋषिपञ्चमीमा पनि महिलाहरू स्वभावैले अधिनमा रहन नसक्ने हुन्छन् रे उनीहरूले कहिले काँही आँखा छलेर भए पनि कुनै न कुनै दोष बोकेका हुन्छन् रे, त्यसै गरी महिवानारी भएको बेलामा समेत छुवाछुतको (महिनावारी भएको बेला छोएको पानी समेत अरूले खान नहुने भन्ने चलन यद्यपि गाउँघरतिर कायमै छ) दोष लागेको हुन सक्छ भनेर त्यो दोषको प्रायश्चित स्वरूप ऋषि पञ्चमीका दिन सप्तऋषिको पूजाआजा गरेमा दोषबाट मुक्ति पाइ स्वच्छ रहिने विश्वासका साथ यो दिन याने भाद्र ऋषिपञ्चमीका दिन महिलाहरू बिहान सखारै उठेर नजिकको खोलामा गई दत्तिउन पानीले स्नान गरी पानीलाई ऋषिको रूपमा सम्झेर उल्जने गर्छन् भने शिवको रूपमा ढुङ्गाका स-साना गट्टाहरुलाई जम्मा गरी गन्ने र सफागरी तिल चढाएर छोड्ने गर्दछन् । स्नान् पश्चात् महिलाहरू शौभाग्य सुचकका रूपमा रहेका विशेषतः रोतो रङ्गको कपडा, चुरा , धागो, टीका आदि लगाई सजिएर खोलाबाट फर्कने गर्छन् । प्रायः गरी यो दिन शौभाग्य सुचकका सामाग्री प्रयोग गरे पनि कृतिम सुन्दरताको सामाग्री भने प्रयोग गर्ने गरेको पाइन्न । यसै दिन बिहान जिउमा माटो लगाई नुहाउने, ३६५ चोटि दत्तिवनले दाँत माझ्ने, स्नानस्थलमा पनि दतिवन लगी त्यसैले पानी छ्याप्ने, धुप बाली बास्ना लिने समेत गरेको पाइन्छ भने स्नान सकेपछी ब्राह्मणहरुद्वारा पूजापाठ गराइएको पञ्चमी पूजामा गई पूजा गर्ने ,दान दक्षिण दिने, हातमा कुशको औठी लगाउने र महिलाले प्रयोग गर्ने स-साना सामाग्री पण्डितलाई दान दिएर ऋषिको नाममा अर्पेको भनी दोष मुक्तिको कामना गरिसकेपछि पूजाको प्रसाद स्वरूपमा एक छाक खाने र पुनः उही क्रममा अर्थात् नाचगान गरी रमाइलो गरेर यो दिन बिताउने गरिन्छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result