काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यक्ति होइन, व्यवस्था परिवर्तन आवश्यक रहेको टिप्पणी गरेका छन् ।
उनले सोमबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निस्कनै नसकिने दलदलमा फसाएको भन्दै अब यो व्यवस्था र प्रणालीको विकल्प खोज्ने समय आएको समेत बताए।
सिङ्गो राज्यसत्ता भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले सरकारको सुशासन र समृद्धिको गफ हावादारी भएको समेत टिप्पणी गरे।
राजनीतिक दलका नेता, कर्मचारी, विचौलियाहरुको त्रिकोणात्मक गठजोडले भ्रष्टाचार संस्थागत भएको थापाको दाबी थियो। चुनाव जित्ने, सरकारमा जाने, सत्ता टिकाउने अनि ब्रम्हलुट गर्ने यो दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको थापाले चर्चा गरे।







प्रतिक्रिया लेख्नुहोस्:-