काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालले सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दलित समुदायमाथि चर्को विभेद भइरहेको बताए ।
‘हाम्रो समाजमा निश्चितरुपमा ३ वटा विभेद सबैभन्दा चर्को छ । एउटा दलितमाथि । मानिसले मानिससँग गरिने जुन अत्यन्तै गलत व्यवहार हो । विभेदपूर्ण व्यवहार हो । त्यसको सिकार भनेको हाम्रो समाजमा दलित समुदाय रहेको छ,’ उनले भने, ‘यसलाई अन्त्य गर्ने अठोट हामीले गर्नैपर्छ । हाम्रो संविधानमा लेखिएको छ । कानूनमा लेखिएको छ । हाम्रो पार्टीको सिद्धान्तमा लेखिएको छ । तर त्यो व्यवहारमा हामीले कसरी साकार पार्ने हो ? त्यो गहन जिम्मेवारी हाम्रो काँधमा छ ।’







प्रतिक्रिया लेख्नुहोस्:-