Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डल्फिन हेर्न टावर निर्माण

भदौ २४, २०७५ १०:३७ मा प्रकाशित
डल्फिन हेर्न टावर निर्माण
Share on FacebookShare on Twitter

धनगढी, २४ भदौ / कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ ।
कैलालीका यी नदीको दोभाननै विश्वमै सबैभन्दा नजिकबाट सहजरुपले डल्फिनको अवलोकन गर्न सकिने ठाउँ रहेको संरक्षण प्रेमी बताउँछन् ।

अवलोकनको लागि डल्फिन संरक्षण केन्द्र भजनीले नदीको दोभान रहेको ठाउँ ढुङ्गाना टोलमा टावर निर्माण गरेको छ । नदीमा जल सतह बढेको बेला यो टावरबाट पनि डल्फिन अवलोकन गर्न सकिन्छ ।
वर्षायामको समयमा नदीमा डुङ्गामार्फत् जलयात्राको आनन्द लिन सकिने र डल्फिनको अवलोकन पनि गर्न सकिने अनुभव स्थानीय संरक्षण प्रेमी फुलराम चौधरीले सुनाउनुहुन्छ ।
घुम्न आउने पर्यटकलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रतर्फ लैजाने काममा स्थानीय युवा सक्रिय हुने गर्दछन् । विद्यालयको छुट्टीपछि आफू पर्यटकलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रमा लैजाने गरेको स्थानीय युवा गोकुल भण्डारीले बताउनुभयो ।
मानिसपछिको दोस्रो बुद्धिमान र स्तनधारी प्राणी डल्फिन हो र यसको संरक्षण गर्नुपर्छ भन्ने चेतना यहाँका युवा वर्गमा देखिन्छ ।

कैलालीको टीकापुर बजार र भजनी हुँदै डल्फिन देखिने नदी तटीय क्षेत्रमा पुग्न सकिन्छ ।

बेलायती नागरिकको मोह

डल्फिन संरक्षणका अलावा विदेशी पर्यटकलाई डल्फिन चरन क्षेत्रमा घुमाउनका लागि उत्प्रेरित गराउनमा बेलायती नागरिक जोन स्पासार्टले योगदान दिइरहनु स्थानीय बासिन्दाको भनाइ छ ।

डल्फिन चरन क्षेत्र ढुङ्गाना टोलमा भेटिनुभएका स्पासार्टले यहाँका नदीमा डल्फिनको सहजरुपमा अवलोकन गरेर मनोरञ्जन लिन सकिने अनुभव सुनाउनुभयो ।

ठाकुरद्वारामा पर्यटकलाई लक्षित गरी सञ्चालनमा रहेको ‘वाइल्ड ट्रयाक एडभान्चर’मा लगानी गर्नुभएका संरक्षण प्रेमी स्पासार्टले प्रश्न गर्नुभयो, “कर्णाली नदी र बबई नदीको पानी केवल सिँचाइमा प्रयोग गर्ने गरी सिँचाइ आयोजना निर्माण भइरहेको अवस्थामा यो क्षेत्रका बाघ, हात्ती र डल्फिनका लागि पानी कहाँबाट प्राप्त हुन्छ ?”

डल्फिनको संरक्षण, प्रवद्र्धन, प्रचारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डल्फिन महोत्सवका क्रममा हालैै संरक्षण प्रेमीद्वय स्पासार्ट, ‘गुलेली बाजे‘का नामले चिनिनु हुने भोजराज श्रेष्ठ र कलाकार चाँदनी हमाललाई सम्मानित गरिएको थियो ।

डल्फिन संरक्षणमा ‘गुलेली बाजे’ः

गाउँमा ‘गुलेली बाजे’ का नामले चिनिनु हुने भोजराज श्रेष्ठको एक्लो पहलमा नै सर्वप्रथम कैलालीको मोहना, कान्द्रा, काँडा र पथरैया नदीको दोभानमा दुर्लभ जलचर डल्फिन वर्षायाममा देखिने गरेको विषय सार्वजनिक गरिएको थियो ।

उहाँले यो विषय सार्वजनिक गरेसँगै डल्फिनको संरक्षण प्रवद्र्धन एवं प्रचारप्रसार अभियान पनि शुरु गर्नुभयो । ८४ वर्षीय श्रेष्ठ अहिले पनि तन्नेरीले झै संरक्षण अभियानमा लागिरहनुभएको छ । डल्फिन संरक्षण केन्द्र कैलालीका संस्थापकसमेत रहेका श्रेष्ठले संस्थामार्फत् डल्फिनको सम्वद्र्धनसम्बन्धी क्रियाकलाप गर्दै आउनुभएको छ ।

रासससँगको कुराकानीमा श्रेष्ठले डल्फिनको अवलोकन गर्न आउने पर्यटक वर्षेनी बढ्दै गएकोे बताउनुभयो । यो क्षेत्रमा १३० वटा डल्फिन रहेको अनुमान गरिएको छ ।

कैलाली भ्रमण वर्ष २०७५ अन्तर्गत हालै सो क्षेत्रमा डल्फिन महोत्सव गरिएको थियो । नदीमा जलयात्रा (¥याफ्टिङ)को आनन्द लिँदै डल्फिनको अवलोकन पनि गर्न पाइने यो ठाउँ डल्फिन अवलोकनका लागि नेपालकै प्रमुख गन्तव्य हुनसक्ने अर्का संरक्षण प्रेमी विजयराज श्रेष्ठ बताउनुहुन्छ ।

कैलाली भ्रमण वर्ष सचिवालयका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले कैलाली भ्रमण वर्षमा डल्फिन चरन क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिएको बताउनुभयो ।
वर्षायाममा भारतको घाँघरा नदीबाट कैलालीका यी नदीमा डल्फिन बच्चा जन्माउन आउने र पानीको सतह घटेपछि पुनःघाँघरा नदीमै फर्किने गरेको संरक्षण प्रेमीको भनाइ छ ।

यहाँका नदीमा जन्मिएका बच्चा फर्किदा वयस्क भएर जाने गरेको श्रेष्ठले बताउनुभयो । सो क्षेत्रमा गठन भएको डल्फिन संरक्षण क्षेत्र केन्द्रअन्तर्गत डल्फिन संरक्षण उपकेन्द्रका साथै डल्फिन क्लब र इको क्लबले डल्फिन संरक्षणका लागि विभिन्न गतिविधि गरिरहेका छन् । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result