Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एकीकृत सफ्टवेयर प्रणाली कार्यान्वयनमा

भदौ २५, २०७५ ३:०५ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ भदौ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रविधिगत सुधार गरी एकीकृत सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याइएको बताउनुभएको छ ।

एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली र मोबाइल एप्सको शुभारम्भ गर्दै उहाँले वैदेशिक रोजगारीलाई सरल, सहज र पारदर्शी बनाउन सरकार सधँै प्रयत्नशील रहेको बताउनुभयो । आफूले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि यस क्षेत्रका समस्या समाधानका लागि सरोकारवाला पक्षसँग लिइएको सुझावका आधारमा अनलाइन प्रणालीको विकास गरिएको बताउनुभयो ।

परराष्ट्र, गृह र स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला पक्षसँगको पटकपटकको छलफलपछि यस प्रणालीलाई कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ थियो । लामो समयदेखि वैदेशिक रोजगारीका क्षेत्रमा विकृति, विसङ्गति कायम रहेको उल्लेख गर्दै उहाँले विद्यमान समस्याको समाधान खोज्दै सरकारले नीतिगत र कानूनी सुधार गर्दै आएको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीको क्षेत्रलाई सूचना प्रणालीले व्यवस्थित, पारदर्शी र समस्यारहित बनाउन महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै वैदेशिक रोजगारीमा गएका र फर्कने व्यक्तिको तथ्याङ्कलाई अद्यावधिक गर्न सहज हुने बताउनुभयो ।

मन्त्री विष्टले भन्नुभयो, “वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न विभिन्न नीति, कानून परिमार्जन गर्न सफ्टवेयरले मद्धत गर्नेछ, नयाँ ढङ्गबाट नीति निर्माण गर्न सहयोग मिल्नेछ, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालीम प्रदायक संस्था, बीमा तथा बैङ्कलगायत संस्थासँगको समन्वयले संस्थागत विकासमा टेवा पुग्नेछ ।”
वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान खोज्नु हामी सबैको साझा चाहना र प्रतिबद्धता भएको बताउँदै उहाँले भन्नुभयो, “एकीकृत प्रणालीले बाङ्गिएको नियतलाई सोझो बनाउन सहयोग पु¥याउने छ, यसको कार्यान्वयनपछि प्राप्त हुने सफलताले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछ ।”

सो अवसरमा श्रम मन्त्रालयका सचिव महेश दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन एकीकृत सूचना प्रणालीको महत्वपूर्ण भूमिका हुने भन्दै यसलाई समयसापेक्ष परिमार्जन गरेर लैजान सकिने बताउनुभयो । उहाँले सफ्टवेयरको पूर्ण कार्यान्वयनमा सबै पक्षको सहयोगको आवश्यकतामा जोड दिनुभयो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल र राहदानी विभागका महानिर्देशक काजीराम खड्काले सफ्टवेयरको कार्यान्वयनलाई सफल बनाउन विभागका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरुङले अनलाइन प्रणालीले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने विश्वास गर्दै यसको कार्यान्वयनका लागि महासङ्घका तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वीस सरकारको सहयोगमा उक्त एकीकृत सूचना व्यवस्थापन प्रणाली निर्माण गरिएको हो । उक्त सूचना प्रणालीमा अध्यागमन विभाग, रहदानी विभाग, नेपाली दूतावास÷कूटनीतिक नियोग र कन्सुलर विगाभको तथ्याङ्कलाई एकीकृत गरिएको छ । एकीकृत सूचना व्यवस्थापन प्रणाली आगामी असोज १५ गतेदेखि कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ । रासस

सम्बन्धित समाचार

बे एरियामा दुईदिने ध्यान साधना हुदै
Breaking News

बे एरियामा दुईदिने ध्यान साधना हुदै

अमेरिकामा  नेपाली फिजिसिस्टसहरुको सम्मेलन संपन्न
अमेरिका समाचार

अमेरिकामा नेपाली फिजिसिस्टसहरुको सम्मेलन संपन्न

कोरोना भाइरस कहरः न्युयोर्क लगायतका विद्यालय जुनसुकै बेला बन्द हुन सक्ने
Breaking News

कोरोना भाइरस कहरः न्युयोर्क लगायतका विद्यालय जुनसुकै बेला बन्द हुन सक्ने

कस्तो छ त कोरोना भइरस संक्रमणको तथ्याङ्क ?
Breaking News

कस्तो छ त कोरोना भइरस संक्रमणको तथ्याङ्क ?

ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी
बिज्ञान प्रबिधि

ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी

न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित
Breaking News

ई–चुरोटले मस्तिष्कको तन्तुलाई नष्ट गर्छ :अध्ययन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result