काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण दार्चुलामा पाँचजनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
लास्कु खोलामा आएको बाढीमा परेर दुई र पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण दार्चुलामा ठूलो जनधनको क्षति भएको हो ।
लास्कुको बाढीले बगाएर महाकाली नगरपालिका–१ की मानमती कार्की र महाकाली–२ का नन्दराम बोहराको मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-