काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकम ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
आइतबार नेपाली सेनाको जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका सहायक रथी किरण केसीले २०७९ असार मसान्तसम्म कोषको नगद मौज्दात ६२ अर्ब ६८ करोड ८९ लाख रहेकोमा यस वर्ष ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको बताए ।
कोषको रकममध्ये ९९।७० प्रतिशत ‘क’ वर्गको वाणिज्य बैंकमा मौज्दात रहेको भनिएको छ । ०.०६ प्रतिशत ‘ख’ वर्ग र ०.२४ प्रतिशत ‘ग’ वर्गको बैंकमा रहेको केसीले बताए । कोषको रकम सेनाले सेनाचुली इमल्सन प्लाण्ट, सैनिक आवासीय महाविद्यालय चितवनको घर जग्गा खरिद, अक्सिजन प्लान्ट, स्वास्थ्य विज्ञान संस्थान, ईचंगुनारायणमा जग्गा खरिद र भवन निर्माण, खानेपानी प्लान्ट लगायतमा लगानी गरेको छ ।
सेनाको माज्दातमध्ये विघटनमा गएको युनाइटेड विकास बैंकको सम्पत्ति बाँकी नरहेकाले कोषले प्राप्त गर्नुपर्ने मध्ये एक करोड ५७ लाख रुपैयाँ असुली उच्च जोखिममा रहेको पनि सेनाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-