काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ। यसरी सरुवा भएकाहरुमा रुद्रसिंह तामाङलाई मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा बनाइएको छ भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ। रुपन्देहीका प्रजिअ भरतमणि पाण्डेलाई गृहले मन्त्रालयअन्तर्गत ल्याएको छ। गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रजिअ बनाइएको छ।
त्यसैगरी मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअमा सरुवा गरिएको छ। महोत्तरीका प्रजिअ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-