काठमाडौं । आज कुशे औँसी पर्व मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाउने गरिन्छ ।
आजै छोराछोरीले परम्पराअनुसार आआफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन्। बुबा नहुनेहरूले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ।
प्रतिक्रिया लेख्नुहोस्:-