अमेरिका, सेप्टेम्वर १६ । भारतीय टेलिभिजनको द कपिल शर्मा शोको चर्चा चुलिएसँगै डाक्टर मशहूर गुलाटीको भूमिकामा सुनिल ग्रोवर फर्किने संकेत पाइएको छ ।
सुनिलले द कपिल शर्मामा शो मा रिंकु भाभी र डाक्टर मशहूर गुलाटीको भुमिकामा चर्चा वटुल्न सफल भएका थिए ।
शो मा कपिल र सुनिलको जोडीले जमेर हसाएका थिए । तर अष्ट्रेलियाबाट भारत फर्कने क्रममा हवाइ जहाज भित्र कपिलले सुनिललाई र्दुव्यवहार गरेपछि उनले शो छोडेर हिंडेका थिए । सोही घटना पछि कपिलको शाह को चाम घट्न थालेको थियो ।
अहिले सुनिलको एउटा ट्वीटलाई कपिलको शोमा फर्किन सक्ने संकेत भनी व्याख्या गरिएको छ । ट्वीटमा सुनिलले लेखेका छन्न, ‘सबैकुरा हुँदै जान्छ, केही पनि सधैं रहन्छ भन्ने छैन, त्यसैले आभारको भाव राख, यो र्न मूल मन्त्र हो, अनि अँ, बेस्सरी हाँस…।’
भारतीय सञ्चार माध्यमहरुका अनुसार सुनिललाई शो मा फर्काउन वलिउड अभिनेता सलमान खानले प्रयास गरिरहेका छन । कारण द कपिल शर्मा सोलाई यस पटक वलिउड अभिनेता सलमान खानले निर्माण गरेका छन । सुनिलले भारत चलचित्रमा सलमानसँग अभिनय गरिसकेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-