काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका छन्।
उनले यस कार्यकालको अन्तिम संसद बैठक शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भएको उनले बताए।
‘अहिले सुनुवाइ समितिमा चलिराखेको सुनुवाइको प्रक्रियाले के कुरा प्रष्ट भएको छ भने त्यो प्रक्रियामा जे–जति कुरा आइराखेका छन्, त्यो कुराले के प्रष्ट भएको छ भने यो गठबन्धनको सरकार एकातिर जनताको भावना अनुसार, जनताको पहल अनुसार यो सार्वभौम संसदको बहुमत सांसदहरुको निर्णय अनुसार र देशका सबै नागरिक र बौद्धिक जमातको पनि पहल अनुसार भएको हो,’ उनले भने, ‘परमादेश अथवा अदालतको आदेश त्यो सुनुवाइ समितिमा चलेको बहसको निचोड मैले के बुझें भने सडकमा जनता पनि लाखौँ आएर घेरा हाले, पूर्वप्रधानन्यायाधीशदेखि बुद्धिजिवी, नागरिक आन्दोलन सबैले पनि दबाब दिए। अनि संसदभित्रको बहुमतले पनि यो स्वीकार्य छैन भनेपछि र स्वयम् संवैधानिक इजलासको बहुमतले पनि गलत हुन्छ विघटन भनेपछि आदेश जारी गरेको भनेर खुलेआम आएको छैन र अहिलेरु के यो कुराले त्यो तथ्यलाई प्रमाणित गरेको छैन ?
‘
प्रतिक्रिया लेख्नुहोस्:-