काठमाडौं । प्रहरीले तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्डपछि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको हो ।
तिनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्या भएको घटनापछि भण्डारी भागेर पेप्सीकोला पुगेका थिए ।आरोपित सञ्जयले नवीन राईसँगको रिसिइबीका कारण चार जनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
बोल्न नसक्ने सञ्जयले प्रहरीसामू लेखेर हत्या गरेको स्वीकार गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-