काठमाडौं । मंगलबार पनि शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से १६.२४ अंक बढेको हो ।
यस दिन एक अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार ८७ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज नेप्से परिसूचक १९८५।४३ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०।६४ प्रतिशतले वृद्धि भएर ३८१।१७ विन्दुमा बन्द भएको छ । इमर्जिङ नेपाल लिमिटेडका सेयरधनीले सर्वाधिक गुमाएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-