काठमाडौं । धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल भएको छ । पछिल्लो समय देशका केही स्थानमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन् ।
त्यसक्रममा उनले विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने तर त्यसको प्रशासनिकभन्दा पनि समुदायगत समाधान दीर्घकालीन र प्रभावकारी हुने आफ्नो मान्यता रहेको बताए ।
उपस्थित हिन्दु, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखहरूले धार्मिक सद्भावका लागि संयुक्त अपिल जारी गरेका छन् । गृहमन्त्री श्रेष्ठसँगको छलफल लगत्तै अपिल जारी भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-