Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सौराहा आउने पर्यटकलाई सिटी टुर

अशोज ११, २०७५ १:५० मा प्रकाशित
सौराहा आउने पर्यटकलाई सिटी टुर
Share on FacebookShare on Twitter

चितवन, ११ असोज / सफारी पर्यटनमा निर्भर सौराहाका पर्यटन व्यवसायीले नयाँ गन्तव्यको पहिचान गरी शहरी यात्रा (सिटी टुर) को अवधारणा शुरु गरेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुले आजबाट जिल्लाका सात गन्तव्यमा पर्यटक घुमाउने भएका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमीरेका अनुसार जिल्लामा पर्यटकीय गन्तव्य बोकेका महत्वपूर्ण धेरै स्थान भए पनि पहिलो चरणमा शहरी क्षेत्रका सात गन्तव्यलाई शहरी प्याकेजका रुपमा अघि सारिएको छ । सौराहाको प्रकृति संरक्षण कोषको सङ्ग्रहालय, बच्छौलीको थारु सङ्ग्रहालय, रत्ननगरकै चित्रसेनमा रहेको चित्रसेनबाबा मन्दिर र श्रीकृष्ण प्रणामी मन्दिर (धर्मधाम) रहेका छन् ।

रत्ननगर नगरपालिकाका ती स्थानमध्ये प्रकृति संरक्षण कोषको सङ्ग्रहालयमा मरेका वन्यजन्तुको अस्थिपञ्जर छन् । थारु सङ्ग्रहालयमा थारु जातिको संस्कार झल्कने वस्तु देख्न सकिन्छ । सौराहा प्रवेशद्वारको चित्रसेन बाबाको मन्दिर पौराणिक मन्दिर हो । धर्मधाम गत वर्ष रु पाँच करोडभन्दा बढी लगानी गरेर निर्माण गरिएको आकर्षक मन्दिर हो ।

होटल सङ्घले छनोट गरेका अन्य तीन गन्तव्य भरतपुर महानगरपालिकाभित्र पर्दछ । देवघाट धाम, नारायणी नदी तट र तीनखोले गुम्बा नयाँ गन्तव्य हुन् । घिमिरेका अनुसार देवघाट धाम धार्मिक पर्यटकीय महत्व बोकेको स्थल हो । पूण्य भूमिका रुपमा परिचित देवघाट क्षेत्रमा मठमन्दिर, वृद्धाश्रम, गुरुकुलसँगै नदीको सङ्गमस्थल छ । अर्को गन्तव्य नारायणी नदी तट नारायणगढ बजारसँगै अवस्थित छ । सो क्षेत्रमा विभिन्न मठमन्दिर र खुला चौर छ । तीन खोले गुम्बा बुद्ध धर्मावलम्बीको महत्वपूर्ण आस्थाको केन्द्र हो । सुन्दर र मनोरम भएकाले नयाँ गन्तव्य पर्यटकले रुचाउने अपेक्षा गरिएको छ ।

होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष दीपक भट्टराईले घुम्न आउने पर्यटकलाई निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सफारी गराउनुको साथै आजबाट शहरी यात्रा समेत गराइने बताउनुभयो ।

सौराहा आएका पर्यटकले हाल हात्ती चढ्ने, नौका विहार गर्ने, जङ्गल पैदल यात्रा, सामुदायिक वनभित्र बनेका टावरमा बस्ने र थारु संस्कृतिमा रमाउने गर्छन् । थपिएका नयाँ गन्तव्यसँगै पर्यटकले जिल्लाका धार्मिक, सांस्कृतिक र मनोरम क्षेत्रको भ्रमण गर्न पाउने भट्टराईले बताउनुभयो । ती गन्तव्य प्रभावकारी भएमा थप पर्यटकीय क्षेत्रमा लैजाने बताइएको छ । रत्ननगर नगरपालिका प्रमुख नारायण वनले थप ठाउँको पहिचान गरी पर्यटकलाई घुमाउन सके पर्यटकको सङ्ख्या बढ्ने र बस्ने समय लम्बिने बताउनुभयो । सफारी पर्यटनमा मात्र आश्रित चितवनमा पर्यटकलाई शहरी यात्रा गराएर नयाँ ठाउँ देखाउनु महत्वपूर्ण हुने उहाँले बताउनुभयो । आगामी दिनमा अरु ठाउँ पहिचान गरी पर्यटकलाई घुमाउन उहाँले सुझाव दिनुभयो ।

मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न यहाँ पर्यटक आउँछन् । निकुञ्जमा पाइने दुर्लभ एक सिङ्गे गैँडा, बाघ, भालु, गोहीलगायतका जनावरले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । थारु संस्कृतिमा पनि पर्यटक रमाउने गर्छन् । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक चितवन घुम्न आउँछन् । यो सङ्ख्या बढाएर बस्ने अवधि लम्ब्याउन व्यवसायी लागेका छन् । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result