काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक दलका घोषणापत्रमा मानव अधिकारका विषयमा समावेश गर्न आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
आयोगले सबै राजनीतिक दललाई आफ्नो प्रतिज्ञापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि प्रतिबद्धता समावेश गर्न आग्रह गरेको हो ।
‘दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्ररप्रतिबद्धतापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप उच्च महत्त्व र प्राथमिकताका साथ मानव अधिकारका विषयलाई समावेश गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई पुनः विशेष आग्रह गर्दछ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-