काठमाडौं । त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ परेकी छिन् । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी उनीबाट प्रहरीले सुन बरामद गरेको हो ।
आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् ।
प्रहरीले उक्त सुन र सुन ल्याउने महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-