काठमाडौं । बर्तमान सत्ता गठबन्धनको एक दल जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिन सक्ने संकेत देखिएको छ ।
सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले आधिकारिक रुपमै निर्णय गरेर विकल्प खोज्ने चेतावनी दिएको छ।
शनिबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सिटको तालमेल सम्बन्धमा आफ्नो पार्टी सन्तुष्ट नभएको भन्दै विकल्प खोज्ने निर्णय गरेको जसपाका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए।
उनका अनुसार आज बसेको बैठकमा सिट बाँडफाँट माग अनुसार नपाए के गर्ने भन्ने विषयमा छलफल भएको थियो।
छलफलमा पाँच दलीय गठबन्धनमा आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा आफूहरुलाई सन्तोषजनक रुपमा सिट दिन अन्य दलहरु तयार नभएकाले त्यसका अलावा सम्भव भएसम्म विकल्य खोज्ने निर्णय गरिएको समुनले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-