काठमाडौं । हिन्दू र मुस्लिम समुदायबीच विबाद भएपछि बाँके जिल्ला प्रशासनले दिउँसोदेखि नेपालगञ्जमा कर्फ्यू लगाएको छ । निषेधाज्ञाकै बीच पनि दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ । ।
नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो । अहिले झडप रोकिएको छ ।
तीन दिनअघि सामाजिक सञ्जालमा लेखेको विषयमा असन्तुष्टि बढ्दै गएपछि यहाँ दुई समुदायबीच तनाव बढेको हो ।







प्रतिक्रिया लेख्नुहोस्:-