अमेरिका, अक्टुवर १० । कतारमा हुने विश्व कप फुटबलका लागि दोस्रो चरणको छनोट खेलमा नेपाल बलियो प्रतिद्वन्दी अष्ट्रेलिया सँग ५-० गोल अन्तरले पराजित भएको छ । अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा बिहिवार भएको खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खाएको थियो ।
अष्ट्रेलियाका लागि म्याकलरेन ह्रयाट्रिक गरे । यस्तै बाँकी दुई गोल सौटरको नाममा रह्यो । विश्वकप फाइनल चरणको अनुभव भएको र नेपाल रहेको समुह बीको बलियो टिम अष्ट्रेलियाले घरेलु मैदानमा शुरु देखि नै नेपाललाई दबावमा राखेको थियो । छैटौं मिनेटमै अष्ट्रेलिया गोलको खाता खोल्न सफल भयो । म्याकलरेनले टिमलाई अग्रता दिलाए । १९ औं मिनेटमा म्याकलरेनले अन्तर दोब्वर पारे । २३ औं मिनेटमा सौटरले गोल गरे । सौटरका लागि अष्ट्रेलियाली टिममा डेब्यु म्याच हो ।
दोस्रो हाफमा पनि म्याकलरेन र सौटरले एक एक गोल गरे । ५९ औं मिनेटमा सौटरले ब्यक्तिगत दोस्रो गोल गरे । खेल सकिनै लाग्दा म्याकलरेन ह्याट्रिक पुरा गरे । नेपाल बिरुद्दको जित सँगै अष्ट्रेलिया समुह बी को शिर्ष स्थानमा रहेको छ । अष्ट्रेलियाको दुई खेलबाट ६ अंक भएको छ । कुवेत दोस्रो स्थानमा छ । कुवेतले दुई खेलमा एक जित र एक हार बेहोरेको थियो । जोर्डन तेस्रो र नेपाल चौथो स्थानमा छ । कुवेत सँग ले पराजित भएको नेपालले चाइनीज ताइपेईलाई हराएको थियो ।
फोटो : एन्फा
प्रतिक्रिया लेख्नुहोस्:-