काठमाडौं। । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङबाट दीपक मनाङ्गे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित भएका हुन् ।
मनाङ्गेलाई आजै निर्विरोध निर्वाचित भएको घोषणा गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए । गुरुङ हाल गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री हुन् ।







प्रतिक्रिया लेख्नुहोस्:-