न्युयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गत न्युयोर्क च्याप्टरले कोजाग्रत पूर्णिमामा अमेरिकामा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली काॅग्रेसका सस्थापक नेता वीपी कोईरालाद्वारा २०३३ साल दशैको कोजाग्रत पूर्णिमाको अवसर पारेर शुरू गरेको शुभ कामना आदन प्रदान तथा चियापान कार्यक्रमलाई अमेरिकामा पनि निरन्तरता दिईएको हो ।
ज्याक्सनहाईटमा आयोजित कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, न्युयोर्क च्याप्टरका सभापति रोशन ढुङ्गना लगायतको उपस्थिति थियो ।
विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-