काठमाडौं । आजबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु भएको छ।
पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा हजारौँको उपस्थितिबीच उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
औपचारिक उद्घाटन आज भएपनि प्रतियोगताका कैयौँ खेलहरु असोज २३ गतेदेखि नै गण्डकी प्रदेशका विभिन्न जिल्लामा सुरु भइसकेका छन्।
राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ खेलाडी सहभागी हुँदैछन्।
त्यसैगरी प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी नौ हजार हाराहारीमा प्रतियोगितामा सहभागिता रहेको बताइएको छ।
नेपालमा विसं २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-