काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना देशको लागि घाँडो भएकाले यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष थापाले शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भन्दै प्रश्न गरे ।
अध्यक्ष थापाले वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरूलाई आग्रह समेत गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-