जाङबु शेर्पा, दूरबिन नेपाल
दक्षिण कोरीयाली पप गायिका सुली आफ्नै घरमा मृत फेला परेकी छिन । अन्तर्राष्ट्रिय संचार माध्यमले कोरियाली प्रहरीको भनाई उद्धृत गर्र्दै जनाए अनुसार सुलीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तरपनि उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । आफ्नो शरीरलाई आफूले नियन्त्रण गर्न पाउनुपर्ने बताउने सुलीले बेलाबेला आफ्ना विवादास्पद तस्बिरहरु पनि सार्वजनिक गर्ने गरेकी थिइन । कैयौँपटक उनका निप्पल देखिएका तस्बिरहरु सार्वजनिक गरेकोले उनले धेरै आलोचना खेपेकी थिइन । २५ वर्षीया सुली सन् २००५ मा बाल कलाकारको रुपमा मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी थिइन् । पछि उनले युवतीहरुको एक ब्यान्डमा प्रवेश गरिन् र निकै चर्चा कमाइन् । एक अन्तर्वातामा सुलीले आफूमाथि आउने टिप्पणीहरु र मिडियामा फैलिएको अहफावका कारण आफू शारीरिक तथा मानसिक रुपमा थकित भएको बताएकी थिइन् । उनको वास्तविक नाम चोय जीन–री हो । सन् २०१४ मा पापाराजी पत्रकारितामार्फत उनले उमेरमा आफूभन्दा जेठा र्यापरसँग डेट गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । उनी ब्रा नलगाई हिँड्न रुचाउँथिन् । उनी भन्थिन्न, “मलाई यसरी नै सहज हुन्छ” उनको इन्स्टाग्राममा ५० लाख फलोअर्स छन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया लेख्नुहोस्:-