काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको रिटमाथि सुनुवाइपछि अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
एउटा संस्थाका सदस्यसमेत रहेका गुरुङ निर्वाचन आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा सजाय तोकेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-