काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले विकल्प र व्यवस्थापनबिना सुकुम्बासीका बस्ती भत्काउन नहुने बताएका छन् ।
उनले मंगलबार बुटवल उपमहानगरपालिका–१६ मा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले उपयुक्त विकल्प र व्यवस्थापनबिना सुकुम्बासीका घर टहरा भत्काउन नहुने बताएका हुन् । उनी रुपन्देही निर्वाचन क्षेत्र–३ बाट पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।
रुपन्देहीमा केही नगरपालिकाले विकल्पबिना नै सुकुम्बासीका घरटहरा भत्काएपछि गृहमन्त्री खाँणको यस्तो टिप्पणी आएको हो । आफूले गृह प्रशासनलाई घरटहरा भत्काउने अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन पनि निर्देशन दिइसकेको उनले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-