काठमाडौं । हिन्दुहरुको महान उज्यालो पर्व तिहार अन्तर्गत आज धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदैछ। लक्ष्मीपुजाको दिन काठमाडौं उपत्यका झिलिमिली बनेको छ ।
सफासुघ्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घर आँगन, कोठाचोटा सफासुग्घर पारी लिपपोत गरिन्छ । यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ। साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ ।
दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ। विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य र समृद्धि प्राप्त हुने जनविश्वस छ । पूजाकोठामा लक्ष्मीपूजा गरेपछि कन्याहरूले भैलो गीत गाउने चलन छ ।







प्रतिक्रिया लेख्नुहोस्:-