काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा नयाँ नियुक्त प्रधानमन्त्री ऋषि सुनकलाई बधाई सन्देश दिएका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत् बधाई दिएका हुन् ।
‘ऋषि सुनकलाई कन्जरभेटिभ पार्टीको नेता र युकेको अर्को प्रधानमन्त्री चयन भएकोमा न्यानो बधाई दिन चाहन्छु ।’ ट्विटरमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘यो महत्वपूर्ण जिम्मेवारीका लागि उहाँलाई शुभकामना । नेपाल–युकेबीच लामो सम्बन्धलाई अझ अघि बढाउनका लागि उहाँसँग काम गर्न तयार छु ।’







प्रतिक्रिया लेख्नुहोस्:-