काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले सत्तागठबन्धन भ्रष्ट र देश बरबाद पार्ने तत्व भएको आरोप लगाएका छन् । उनले शनिबार गृहनगर दमकमा भएको सभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले यसपटकको निर्वाचन सामान्य निर्वाचन मात्र नभई देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको बताए । उनले देशको स्वधीनताको रक्षा गर्न एमालेले जित्नुपर्ने बताए।
‘यसपटकको निर्वाचन देशको भाग्य भविष्यको फैसला गर्ने निर्वाचन हो। विदेशीको कठपुतली सरकार बनाउने कि स्वधीनता रक्षाको सरकारबनाउने भन्ने फसैला गर्ने निवर्पाचन हो। यो सरकार खान जन्मिएको भ्रष्ट सरकार हो । यसले देशलाई ओरालो लगाएको छ,’ उनले भने, ‘यो सरकारबाट देशलाई मुक्त गराउन १ यो सरकारको पीडा र अैठनबाट देशलाई पार लगाउन अबको निर्वाचनले फैसला गर्नुछ । अहिले त देश अैठनमा गएको छ । अर्थतन्त्र ध्वस्त भएको छ।’







प्रतिक्रिया लेख्नुहोस्:-