Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जापानमा एक हप्ताभित्र दोस्रो मन्त्रीद्वारा राजिनामा, प्रधानमन्त्रीलाई ठूलो धक्का

कार्तिक १४, २०७६ १:४७ मा प्रकाशित
जापानमा एक हप्ताभित्र दोस्रो मन्त्रीद्वारा राजिनामा, प्रधानमन्त्रीलाई ठूलो धक्का

Japan's justice minister Katsuyuki Kawai speaks to journalists after submitting his resignation in Tokyo on October 31, 2019. - Japan's justice minister Katsuyuki Kawai on October 31 became the second cabinet member to quit in a week, after allegations his wife broke election law while running for a parliament seat. (Photo by STR / JIJI PRESS / AFP) / Japan OUT

Share on FacebookShare on Twitter

 टोकियो, जापान, १४ कात्तिक : जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजिनामा दिनुभएको छ । एक हप्तामा दुई जना मन्त्रीको राजिनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ । कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजिनामा दिनुभएको हो ।

 

जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले जुलाईमा जापानी संसदको माथिल्लो सदनमा ४६ बर्षीया एन्द्री कावाईले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको कुरा सार्वजनिक गरेपछि छपन्न बर्षीय न्यायमन्त्री कावाईले राजिनामा दिनुभएको हो ।

 

कावाईले कर्मचारीलाई दिएको दैनिक खर्च जापानी कानूनले निर्धारण गरेको खर्चभन्दा बढी भएको उक्त पत्रिकाको बुधबारको अनलाइन संस्करणमा छापिएको थियो ।

 

पत्रिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एन्द्री कावाईका १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गाराउनुभएको थियो ।

 

मन्त्री कावाईसमेतलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई आलु तथा मकैको उपहार दिएर मत प्रभावित गराएको आरोप पत्रिकामा लगाइएको छ ।

 

प्रधानमन्त्री आवेलाई उहाँको कार्यालयमा राजिनामा बुझाएपछि बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो, “मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौँ । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।”

 

हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले न्यायराज्य मन्त्री तथा विशेष कुटनीतिक सल्लाहाकारका रूपमा काम गरिसक्नुभएको छ ।

 

गत शुक्रबार सोही पत्रिकाले त्यहाँका उद्योग मन्त्रीलाई पनि आफ्ना सहयोगीलाई कानून विपरीत नगद तथा उपहार वितरण गरेको समाचार छापेपछि उहाँले पनि राजिनामा दिनुभएको थियो । यसैबीच जापानी प्रधानमन्त्री आवेले दुई मन्त्रीको राजिनामाको जिम्मेवारी लिँदै जापानी जनतासँग क्षमा याचना गर्नुभएको छ ।

 

उहाँले भन्नुभयो, “न्यायमन्त्री कावाईलाई जिम्मेवारी दिएको र उहाँमाथि अनियमितता गरेको आरोप लागेकाले यसको जिम्मेवारी लिँदै जापानी जनतासमक्ष क्षमा याचना गर्छु ।”
(रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result