काठमाडौं । नेकपा ( एकीकृत समाजवादी) पार्टीले निर्वाचन लक्षित घोषणापत्र जारी गर्दै राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा, स्थिरता तथा आर्थिक–सामाजिक रुपान्तरणको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने कुरालाई जोड दिएको छ ।
आज सार्वजनिक गरेको घोषणापत्रमा एकीकृत समाजवादीले निर्वाचन प्रणली सुधार गर्ने, बाँझो भूमिको उपयोग, कृषि बिमाको व्यवस्था गर्ने, मल कारखाना स्थापना गर्नेलगायतका विषय समेटिएको छ। त्यसैगरी, कृषि उत्पादन प्रांगारिक मलमा आधारित बनाउँदै प्रांगारिक विषादी प्रयोग गर्ने तथा ज्येष्ठ नागरिक भत्ता क्रमशः बढाउँदै लैजाने घोषणा छ।
‘नेपालको पानी नेपालमै’ भन्ने अवधारणाका साथ पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई जोडी ‘पूर्व–पश्चिम मेघा नहर’ बनाई सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने घोषणापत्रमा उल्लेख छ।
प्रतिक्रिया लेख्नुहोस्:-