Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्वतीय पर्यटनमा आशा जाग्दै

कार्तिक १५, २०७५ २:१८ मा प्रकाशित
अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्वतीय पर्यटनमा आशा जाग्दै
Share on FacebookShare on Twitter

काठमाडौँ, १५ कात्तिक / नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न अपरिहार्य महसुस गरिएको छ ।

विश्वको सर्वौच्च शिखर सगरमाथालगायतका अन्य हिमाल नयाँ पर्यटकीय उत्पादन पर्वतीय पर्यटनका लागि आशालाग्दो क्षेत्र प्रमाणित हुने निर्विवाद छ ।

प्रचारप्रसारको अभावमा अन्तर्राट्रिय जगत्मा नेपालका पर्यटकीय सम्भावना भएका पर्वतीय पर्यटनको बजारीकरण एवं प्रवद्र्धन हुन सकेको छैन । पर्यटकलाई नयाँ स्वाद पस्किने उत्पादन नै पर्यटन वर्ष २०२० को विशेषता हुनसक्ने छ ।

अतिथिदेवो भवः भन्ने भावनालाई साकार तुल्याउँदै सेवाप्रवाह गर्न यस्ता पर्वतीय पर्यटनको प्रचारप्रसार हुनु जरुरी छ, भन्नुहुन्छ नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङ ।

देशको शान्ति सुरक्षा, राजनीति स्थिरता, अनुकूल मौसम र तीव्र प्रचारप्रसारका कारण पर्वतीय पर्यटनमा आकर्षण बढ्दो छ तर पर्याप्त प्रयास देखिँदैन । “नेपालमा यतिधेरै माउन्टेन छन् अहिलेको अवस्थामा आएका पर्यटक उल्लेखनीय होइन, गुरुङले भन्नुभयो, अझै प्रचारप्रसार गर्नु जरुरी छ ।”

उहाँले अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्वतारोहण गर्ने पर्यटकको सङ्ख्या ११ प्रतिशतले वृद्धि भएको भन्दै पर्वतीय पर्यटनको विकासमा फड्को मार्ने विश्वास लिइएको विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पर्वतारोहण सङ्घका अनुसार सन् २०१६ मा पाँच हजार ८०० देखि छ हजार ५०० मिटर उचाइका हिमचुली आरोहण गर्ने पर्यटकको सङ्ख्या चार हजार ८२३ थियो । सन् २०१७ मा यसको सङ्ख्या बढेर पाँच हजार ९२९ पुगेको तथ्याङ्क छ ।

राजश्व भने सन् २०१६ मा सात लाख ५१ हजार ५३५ अमेरिकी डलर (रु आठ करोड ६४ लाख) थियो । २०१७ मा भने नौ लाख ९७ हजार ८२३ अमेरिकी डलर (रु ११ करोड ४७ लाख) राजश्व सङ्कलन भएको थियो । सन् २०१८ मा भने पर्यटकको आगमनमा वृद्धि भएको सङ्घको दाबी छ । नेपाल पर्वतारोहण सङ्घमार्फत नेपालका २७ हिमचुलीको व्यवस्थापन हुँदै आएको छ । नेपालको हिमालय क्षेत्रमा तीन हजार ३१० हिमचुली छन् । त्यसमध्ये छ हजार मिटर उचाइका एक हजार ३१० हिमचुली छन् ।

सात हजार मिटरमाथिका १२२ र आठ हजारमाथिका हिमचुली १४ वटा छ । सरकारले अहिलेसम्म ४१४ हिमचुलीमा प्रवेश खुला गरेको छ । जसमध्ये २७ हिमचुली आरोहणको व्यवस्थापन सङ्घले गर्छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा अब सङ्घले नयाँनयाँ हिमचुलीको खोजी गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुहुन्छ । “एउटै मान्छे एउटै हिमाल चढ्न बारम्बार आउँदैन, नयाँ ठाउँ खोज्नुपर्छ, तपाईहरु गर्नुहोस्, सरकारले यसमा सहयोग गर्छ ।” देवकोटाले भन्नुभयो ।
अहिले पर्वतारोहणका विदेशीलाई प्रतिव्यक्ति १२५ डलर प्रवेश शुल्क छ । नेपालीलाई रु दुई हजार छ । उनीहरुले एकपटक जाँदा तीनदेखि चार हजार डलरसम्म खर्च गर्ने गरेका छन् ।

हिउँपहिरोमा परेकाका परिवारलाई राहत

नेपाल पर्वतारोहण सङ्घले आज काठमाडौँमा ४५औँ वार्षिकोत्सव मनाएको छ । धौलागिरि क्षेत्रको गुर्जा हिमाल चढ्ने क्रममा हिउँ पहिरोमा परी ज्यान गुमाएका चार जनाका परिवारलाई आज राहत वितरण गरिएको छ । गएको अक्टोबर १२ उक्त घटना भएको थियो ।

सङ्घले प्रतिपरिवार रु ५० हजारका दरले राहत वितरण गरेको हो । पाँचजना कोरियन नागरिकसहित हिमाल आरोहणका क्रममा आरोहण सहयोगी सङ्खुवासभाका डेना आङजुक भोटे, फुर्पु भोटे, छिरिङ भोटे र म्याग्दीका नेत्रबहादुर छन्तेलको हिउँपहिरोमा परी निधन भएको थियो ।

पीडित परिवारलाई काजकिरियाका लागि रु ५० हजारका दरले रु दुई लाखको चेक हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो । सो क्रममा सङ्घका उपाध्यक्ष दिवेशविक्रम शाह, सल्लाहकार शम्भु तामाङलगायतले मन्तव्य राख्नुभएको थियो । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result