Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने

कार्तिक १६, २०७५ ३:५३ मा प्रकाशित
नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने
Share on FacebookShare on Twitter

काठमाडौँ, १६ कात्तिक / नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् ।

नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ ।
पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, को(अपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

थाइल्याण्डमा भएको उक्त सम्झौताको औपचारिक जानकारी भने मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ । थाइल्याण्डको बैङ्ककमा दुई पक्षीय वार्तापछि भएको हवाई सेवा सम्झौता समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाइल्याण्डको नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकामानोपले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार एक सातामा दुवै पक्षले २८ उडान गर्नसक्ने र जुनसुकै वायुयान प्रयोग गर्न पाउने भएका छन् । यस्तै थाइ पक्षलाई काठमाडौँबाहेक नयाँ निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान गर्न प्रेरित गर्ने भनिएको छ ।

दुवै पक्षले मालवाहक उडान गर्दा कुनै पनि प्रकारको सङ्ख्याको सीमा नतोक्ने, कन्ट्री कोडको आधारमा दुवै पक्षले तेस्रो मुलुकमा उडानको तालमेल मिलाउन सक्ने पनि समझदारी भएको छ ।

अब नेपालका वायुसेवा कम्पनीहरुले दुई वटा दक्षिण एशियाली, दक्षिण पूर्वी एशियाली र उत्तर पूर्वी एशियाली मुलुकमा मध्यस्थ विन्दुको रुपमा तथा दुई वटा दक्षिण पूर्वी एशियाली, उत्तर पूर्व एशियाली र प्रशान्त क्षेत्रका मुलुकमा गन्तब्यपछिको विन्दुको रुपमा पाँचाँै हवाई ट्राफिक अधिकार उपयोग गर्न पाउनेछन् ।
ग्राउण्डेड ‘अन्नपूर्ण’ उड्यो

यसैगरी कतारको दोहामा ग्राउण्डेड भएको नेपाल वायु सेवा निगमको वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमानले नियमित सेवा शुरु गरेको छ ।

प्राविधिक कारणले धावनमार्गमा करिब ६ घण्टा ग्राउण्डेड भएको उक्त विमान मर्मतपछि यात्रुलिएर काठमाडौ फर्किएको हो ।
प्राविधिक समस्याका कारण रोकिएको विमान काठमाडौँ फर्किएको निगमका सहप्रवक्ता शैलेश कंसाकारले राससलाई जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result