काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा भाग लिने नलिने कुनै पनि समूहको आफ्नो अधिकार भए पनि निर्वाचन बिथोल्ने अधिकार नरहेको बताएका छन् । मन्त्री खाँणले बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै यस्तो बताएका हुन् ।
गृहमन्त्रीले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको बताए ।
‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्यमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’
गृहमन्त्री खाँणले निर्वाचन विरोधी समूहलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल थालिरहेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-