काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अब बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल नै सुरु नभएको बताएका छन्। गोरखा २ का उम्मेदवार दाहालले यस्तो बताएका हुन् ।
चुनावी कार्यक्रममा सहभागी हुन गोरखा गएका प्रचण्डले शुक्रबार पत्रकारहरूसित कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्।
‘सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धनभित्र अहिलेसम्म छलफल भएको छैन’ उनले भने, ‘साथीहरूले सम्भावित प्रधानमन्त्री पनि हो उहाँ भनिरहनु भएको छ। सम्भावित म होइन त किन भन्थेँ र सम्भावित त हो। देशको नेतृत्व गर्ने अवसर आयो भने त्यो जिम्मेवारीबाट पन्छिने मेरो कुरा छैन। तर प्रधानमन्त्रीकै निम्ति मरिहत्ते हाल्ने मान्छे म होइन भन्ने कुरा पनि मैले पटक पटक सिद्ध गरेको छु।’
प्रतिक्रिया लेख्नुहोस्:-