काठमाडौं । मोरङ– ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङको गौरवशाली इतिहास र परम्परालाई निरन्तरता दिने प्रयास गरिरहेको दाबी गरेका छन् ।
उनले आइतबार एक अपील जारी गर्दै भनेका छन् ‘म आधुनिक नेपालको इतिहास निर्माता बीपी कोइरालालाई सम्झिरहेको छु । बीपी जसलाई हामी सबै (सान्दाजु ) भनी सम्बोधन गर्दथ्यौँ, संयोगले म उहाँले नै चुनाव लड्नुभएको क्षेत्रमा भोट माग्न तपाईहरुको घरदैलोमा आएको छु,’ ‘यो त्यही क्षेत्र हो जहाँ गिरिजाप्रसाद कोइराला आफ्नो प्रतिनिधि छान्न मतदान गर्नुहुन्थ्यो । मतदान गर्दा विवेकको प्रयोग गर्न म तपाईंहरुसँग आग्रह गर्दछु ।’
नेता कोइरालाले संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-