काठमाडौं । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहलाई पुनर्बहाली गर्न आदेश दिएको छ। गत असोज २९ गते बिर्नाचन आयोगले एमालेबाट निर्वाचित भई अन्य दलमा प्रबेश गरेको भन्दै गोरखापत्रमा प्रकाशित सूचनासमेत मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना साहको पद स्वतःरिक्त भएको जानकारी गराएको थियो।
साहले दायर गराएको रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि एमालेले गरेको निर्णय र सो समबन्धि निर्वाचन आयोगको पद स्वतः रिक्त भएको गोरखापत्रमा प्रकाशित सूचना कार्यान्वयन नगर्न नगराउनु हुन सर्वोच्चले आदेश दिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-