काठमाडौं । सर्वोच्च अदालतले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेकी डा.तोसिमा कार्कीको उम्मेदवारीलाई कायमै राख्न आदेश दिएको छ।
यसअघि अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमा सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश जारी गरेको हो ।
कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भन्दै त्यसलाई लाभको पदको परिभाषाभित्र राखेर आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।
त्यसविरुद्ध अदालत पुगेकी कार्कीको उम्मेदवारी खारेज नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो। त्यस अन्तरिम आदेशविरुद्ध आयोगले दिएको निवेदनउपर सुनुवाइ गर्दै अदालतले तोसिमा लाभको पदमा रहेको भन्न नमिल्ने भन्दै अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
‘
प्रतिक्रिया लेख्नुहोस्:-