काठमाडौं । यही मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर काठमाडौं उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् ।
यसका साथै बैठकले उपत्यकामा मंसिर ४ मा सवारी–साधन संचालनमा रोक लगाउने निर्णय गरिएको छ । निर्वाचन आयोगले तोकेको मापदण्ड बाहेकका सवारी–साधन संचालनमा रोक लगाउने निर्णय गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए । तीनवटै जिल्ला प्रशासन कार्यालयले मंसिर १ र २ मा अत्यावश्यक बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-