काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा नेपाल स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका रवि लामिछानेले आफू उपचार गर्न जीवनभर सरकारी अस्पतालबाहेक अन्यत्र नजाने घोषणा गरेका छन् ।
उनले बिहीवार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनताले उपचार गर्ने सरकारी अस्पतालमै आफूले उपचार गर्ने बताए ।
‘सरकारी अस्पतालमा तपाईं उपचार गर्न जाँदा कुन हालत भोग्नुपर्छ ? म आफ्नै मेहनतले देशका कुनै पनि अस्पतालमा एसी रुममा गर्न सक्छु । तपाईंको उपचार जहाँ हुन्छ, मेरो उपचार त्यही हुन्छ । म उपचार गर्न सरकारी अस्पतालबाहेक कही जान्न,’ उनले भने, ‘जनतालाई मारेर बाँच्ने नेताको युग सकियो । सबैका लागि स्वास्थ्य, सबैका लागि शिक्षा हुनुपर्छ ।’
उनले जीवनभर नेपालमै बनेका लुगा लगाउने पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-