Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सोरठी नाच संरक्षणको पहल

मंसिर २, २०७५ २:४० मा प्रकाशित
सोरठी नाच संरक्षणको पहल
Share on FacebookShare on Twitter

सल्यान, २ मङ्सिर / लोप हुने अवस्थामा पुगेको सोरठी नाच संरक्षणमा यहाँ पहल थालिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहले मौलिक कलासंस्कृति संरक्षणमा चासो देखाएपछि सोरठी नाचको कला भएका व्यक्ति जागेका छन् । पुरुषले महिलाको भेषमा नाच्ने उक्त कलात्मक नाच जिल्लाको पहिचान मानिन्छ । पछिल्लो समय यो नाच हराउँदै गएको छ । दशैँ, तिहार, मेला, पर्व, विवाह तथा व्रतबन्ध आदिमा प्रस्तुत हुने सो नाच लोप हुँदै गएको छ ।

जिल्लाका पिमखोला, हिवल्चा, दमाचौर, त्रिवेणीको पोखरी, चैवाङ, मार्के, रीम, गर्पा, धनवाङ गाँडापानीलगायत गाउँमा बूढापाकाले उक्त नाच जीवित रहेको पाइएको छ । गाँडापानीका रामलाल विकले हरेक युवा पुस्तालाई पनि हस्तान्तरण गर्ने कार्य थालिएको बताउनुभयो । लामो इतिहास बोकेको मौलिक तथा लोकप्रिय सोरठी नाचका बारेमा पछिल्लो पुस्तालाई जानकारी हुनु आवश्यक रहेको संरक्षणकर्ता तथा वरिष्ठ वाद्यवादक खर्कबहादुर बुढाले बताउनुभयो ।

“मारुनी, पुरुसुङे, मालदे तथा नचाको बेजोड प्रस्तुतिले जो कोहीको पनि मन लोभिन्छ,” उहाँले भन्नुभयो, “थाहै नपाई नेपाली संस्कृति र मौलिकता लोप हुने अवस्था आइसकेको छ, त्यसैले नाच जोगाउन सचेत हुनुपर्छ ।” “संस्थाकै रुपमा दर्ता गरेर सोरठी तथा वनगाडी नाच जगेर्ना गर्ने अभियानमा लागेका छौँ,” स्थानीयवासी छेत्रबहादुर विकले भन्नुभयो ।

सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतीर पाइने वनस्पति केतुकीको कपाल, चुरा, पोते, टीका आदि लगाउने गरिन्छ । पुरुषले दौरासुरुवाल, स्टकोट, कम्पनी माला र शिरमा सेली पहिरिने चलन छ । विभिन्न ५२ चरणमा गाइने यो सोरठी गीत पछिल्लो समय घटेर १२ देखि १५ चरणमा सीमित हुन पुगेको छ ।

दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न सोरठी नृत्य गर्ने गरिन्छ । समाजमा सानो, ठूलो जातजाति, धनी, गरीब नभनी सबै मिलेर गाइने तथा नाचिने सोरठीले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । पछिल्ला दिनमा रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुने बाध्यताले पनि यी लोकप्रिय नाच हराउँदै जान थालेको बताइएको छ । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result