Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सात वर्षमा ७५ प्रतिशत गुनासा सम्बोधन

मंसिर ५, २०७५ २:१७ मा प्रकाशित
सात वर्षमा ७५ प्रतिशत गुनासा सम्बोधन
Share on FacebookShare on Twitter

काठमाडौँ, ५ मङ्सिर / जनताका गुनासा सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ले सात वर्षमा ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको छ ।

विसं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले शुरु गर्नुभएको हेलो सरकारले अहिलेसम्म ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको हो । शुरुमा फोनबाट जनताका गुनासा टिप्दै सम्बन्धित निकायमार्फत् सम्बोधन गर्दै आएको हेलो सरकार अहिले पनि फोन, सामाजिक सञ्जालबाट गुनासो टिप्दै आएको छ । दैनिक अहिले ६० गुनासा आउने गर्दछन् । सात वर्षमा सर्वसाधारणबाट आएका ८४ हजार ३८० मध्ये ६३ हजार ५०७ गुनासो सम्बोधन गरिएको हेलो सरकारका शाखा अधिकृत रुपकराज अर्यालले जानकारी दिनुभयो । तीमध्ये अहिले पनि २० हजार ८७३ गुनासा भने सम्बोधन गर्न बाँकी रहेका छन् ।

अहिलेसम्म हेलो सरकारमा आएकामध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नेपाल दूरसञ्चार कम्पनी, पशुपक्षी विकास मन्त्रालयल, निर्वाचन आयोग, गृहमन्त्रालय जनताका गुनासा सम्बोधन गर्नेमा अगाडि रहेका शाखा अधिकृत अर्यालले जानकारी दिनुभयो । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयले अलि कम जनताका गुनासा सम्बोधन गर्ने गरेका देखिएको छ ।
हेला सरकारका प्रमुख उपाध्यायका अनुसार सबभन्दा बढी गृहमन्त्रालयको १४ हजार ८५० गुनासा आएका छन् । तीमध्ये १२ हजार १३ सम्बोधन गरिएका छन् । सबभन्दा कम प्रधानमन्त्रीलाई ८० वटा मात्र आएकोमा ४१ को फछ्र्योट गरिएको छ । बिहान ७ देखि दिउँसो २ र दिउँसो २ देखि साँझ ९ बजेसम्म हेलो सरकारबाट सर्वसाधारणका गुनासा टिप्ने गरिएको छ ।

टिपिएका गुनासा हेलो सरकारबाट तुरुन्तै सम्बोधन भए त्यहीबाट र नभए सम्बन्धित निकायमा सम्बोधन गर्न पत्राचार गरिन्छ । यस्तै जिल्लागत गुनासालाई त्यही सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीलाई पठाइन्छ । यो निकायलाई ‘कल सेन्टर’को रुपमा विकास गर्न भनिएता पनि अहिले सम्म त्यसले पुर्णता पाउन सकेको छैन । कल सेन्टरका लागि ल्याइएको सफ्टवेयर पूर्णरुपमा सञ्चालन नहुँदा ‘गुनासो पोर्टस’ सञ्चालन ल्याउन नसकिएको हेलो सरकारका प्रमुख प्रद्युन्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

“हामीले अहिले पनि फोन र सामाजिक सञ्जालबाट आएका गुनासोलाई हातले टिपेर सम्बोधन गर्न सम्बन्धित निकायमा पठाउने गरेका छाँै” उहाँले भन्नुभयो, “कल सेन्टरलाई ल्याइएको सफ्टवेयर सञ्चालनमा कठिनाइ हँुदा हेलो सरकारले छिटो छरितो गुनासो सम्बोधन गर्न सकेको छैन ।”

करीब ७० लाखमा छ महीना अघि उक्त सफ्टवेयर ल्याइएको हो । सम्बन्धित निकायका प्रमुखको नम्बर ‘गुनासो पोर्टल’मा राखी तत्काल सर्वसाधारणको गुनासा ती निकायको प्रमुखमा जाने छ र उहाँहरुले तुरुन्तै गुनासा सम्बोधन गर्ने गरि सफ्टवेयरको विकास गरिएको हो ।
जनशक्तिको अभाव
हेलो सरकारमा जनशक्तिको समेत अभाव रहेको छ । जनशक्ति अभावले टेलिफोनसहित फेसबुक, भाइबर, मोबाइल एप, मेलमा आएका गुनासोलाई सम्बन्धित ठाउँमा पु¥याउन नसकिएको प्रमुख उपाध्यायले जानकारी दिनुभयो । अहिले एक जना उपसचिव, चार जना शाखा अधिकृत र आठ प्राविधिक कर्मचारी छन् ।
प्रदेशस्तरीय हेलो सरकार
यसैगरी चारवटा प्रदेश सरकारले पनि प्रदेशस्तरीय हेलो सरकार सञ्चालन गरेका छन् । प्रदेश नं २, गण्डकी, कर्णाली र प्रदेश नं ७ ले प्रदेशस्तरमा आफ्ना सरकार मातहतका गुनासा सम्बोधन गर्नका लागि ‘हेलो सरकार’ सञ्चालन गरेका छन् । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result