Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा

मंसिर ५, २०७५ ३:२७ मा प्रकाशित
बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा
Share on FacebookShare on Twitter

रुपन्देही, ५ मङ्सिर / गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नुभएको हो ।

‘‘लुम्बिनी शान्ति र अहिंसाको भूमि हो । यो क्षेत्रभित्र हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान गर्न पाइने छैन, पञ्चशील क्षेत्र घोषणा गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “बुद्धभूमि शान्त र सुन्दर छ, भनेर विश्वमाझ सन्देश दिन यो क्षेत्रमा पञ्चशीलको पालना जरुरी छ”

मन्त्री अधिकारीले कार्यक्रम घोषणा गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै व्यवहारिक कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनुभयो । लुम्बिनी क्षेत्रको विकास सरकारको प्राथमिकतामा परेको बताउँदै उहाँले अबको तीन वर्षमा लुम्बिनी विकास क्षेत्रको गुरुयोजना पूरा हुने दाबी गर्नुभयो ।

गुरुयोजना पूरा गर्न ६ अर्बभन्दा बढी रकम लाग्छ, यसका लागि दाता खोजेर भए पनि पूरा गर्छौ, उहाँले भन्नुभयो,“यो पूरा भए मेरो जीवनको अर्थ रहन्छ ।”

कार्यकक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुतले बुद्ध धर्मको पहिलो आधार नै पञ्चशील भएकाले बुद्ध जन्मभूमिलाई पञ्चशील क्षेत्र घोषणा गरिएको बताउनुभयो ।

उहाँले पञ्चशीलको पालनाले हिंसाको अन्त्य भई समाज सुधार हुने बताउनुभयो । ‘‘बुद्धको जन्मभूमि अत्यन्तै पवित्र भूमि हो, यहाँ हिंसा हुनु अशोभनीय हुन्छ’’, उहाँले भन्नुभयो, “हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापानमा रोक लगाउँदा लुम्बिनीको गरिमा बढ्छ ।”

कार्यक्रममा प्रदेश नं ५ का सांसद फकरुद्धिन खानले प्रारम्भिक तयारी र छलफल बिना पञ्चशील घोषणा कार्यक्रम गरिएको भन्दै हतारमा गरिएको घोषण प्रभावकारी हुनेमा शङ्का व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, भिक्षुमैत्री महास्थवीर, लुम्बिनी विकास कोषका सहायक सूचना अधिकृत राजन बस्नेतले स्थानीय अजीज खाँनलगायतले लुम्बिनी क्षेत्रमा पञ्चशीलको पालना जरुरी रहेको बताउनुभयो । बुद्ध धर्मअनुसार हत्या, हिंसा, चोेरी, व्यभिचार र मदिरापान नगरेमा पञ्चशील पालना गरेको मानिन्छ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result