काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको समुहले भोलि पनि काठमाडौंको तीनकुनेमा नै प्रदर्शन गर्ने बताएका छन् । उनले शुक्रबार आफ्नै घरमा भक्तपुरमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन्।
सरकारले सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर निषेध गर्न खोजेको उनको आरोप छ । आफू गोली खान वा जेल जान तयार रहेको भन्दै प्रसाईंले आफू आन्दोलन छोडेर नभाग्ने बताएका छन् ।
आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखेको र २७ सय जनालाई पक्राउ गरेको उनको आरोप छ ।







प्रतिक्रिया लेख्नुहोस्:-