Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विद्यालयमा १४ वर्ष निःशुल्क सेवा

मंसिर ९, २०७५ १०:५४ मा प्रकाशित
विद्यालयमा १४ वर्ष निःशुल्क सेवा
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ मङ्सिर / आफूले नोकरी गरेर त्यसवापतको पारिश्रमिक नलिने शायद कोही नहोलान् । असीवर्षीय हितबहादुर प्याकुरेलले भने १४ वर्षे शैक्षिक कर्ममा एक पैसा पनि नलिई सेवा गरिसक्नुभएको छ ।
विसं १९९५ मा नुवाकोटको बागीश्वरी गाविसमा जन्मनुभएका प्याकुरेलले विसं २०१८ मा प्रवेशिका उत्तीर्ण गरी हाल भएको सूर्यगढी गाउँपालिकास्थित बागेश्वरी प्राविबाट शिक्षासेवा आरम्भ गर्नुभएको थियो । विसं २०३१ सम्म निरन्तर सोही विद्यालयका लागि निःस्वार्थ सेवा गर्नुभएका प्याकुरेलले शिक्षासेवा छाड्नुभएसँगै आफ्नो घरजग्गासहित केही जग्गा विद्यालयकै नाममा पास गरिदिनुभयो । “त्यो क्षेत्रमा शिक्षा दिनु मेरो धर्म थियो, पैसा नै मेरा लागि सबथोक थिएन”, प्याकुरेलले भन्नुभयो ।
हाल उक्त विद्यालयमा माध्यामिक तहसम्म पढाइ हुन्छ भने सूर्यगढी बहुमुखी क्याम्पस समेत उहाँले नै दान गर्नुभएको जग्गामा सञ्चालन भएको छ । शिक्षासेवा छाडेदेखि नै आफूले राजनीतिमा प्रवेश गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो बाँकी जिन्दगी समाजसेवा र राजनीतिमा नै बिताउनु थियो । तसर्थ आफूसँग भएको पुख्र्याैली सम्पत्ति बिक्री गरी आफ्नो कामलाई निरन्तरता दिँदै गएँ ।” उहाँले आफ्नो स्वामित्वमा रहेको ६० रोपनी जमीन समाजसेवामा नै खर्चनुभयो । शिक्षा सेवामा रहुञ्जेल भने प्याकुरेलको चौध जनाको परिवार खेतीपातीबाटै चलेको थियो । प्याकुरेलले रसुवाको सरमथलीमा रहेको तत्कालीन निर्कुभूमिे उमाविमा समेत आर्थिक सहयोग गर्नुभयो । अङ्गेजी र हिन्दी भाषामा समेत अब्बल उहाँ प्रवेशिका तहबाहेक अध्ययन गर्न नपाएपछि भने निकै आत्मग्लानि महसुस गर्नुहुन्थ्यो । फलस्वरुप उहाँले विसं २०२३ मा स्नातकसरह कानून विषय उत्तीर्ण गर्नुभएको थियो ।
प्याकुरेलले नुवाकोट, रसुवा, काठमाडौँलगायत क्षेत्रमा सात मन्दिर समेत बनाइसक्नुभएको छ । विद्यालयको प्रधानाध्यापक हुँदा विसं २०२४ मा प्याकुरेलको अगुवाइमा नुवाकोटदेखि बागीश्वरी हुँदै ओख्रे, उर्लेसम्म चल्ने मोटरबाटाको समेत निर्माण भएको थियो । बागीश्वरी चोकमा उहाँले बनाउनुभएको बाआमाका नाममा भीमलीला स्मृति सङ्ग्रहालय पनि निर्माणका क्रममा छ । सङ्ग्रहालयभित्र ब्रह्माबाबाको मन्दिर, गणेश मन्दिर र राधाकृष्ण मन्दिर छन् भने पुराना ऐतिहासिक तथा धार्मिक पुस्तक राख्ने उहाँको योजना छ । उक्त सङ्ग्रहालयका लागि प्याकुरेलले रु एक करोड लगानी गर्नुभएको छ । सङ्ग्रहालयमार्फत उक्त क्षेत्रका मानिसलाई धर्मका बारेमा जानकारी दिनाका साथै आन्तरिक पर्यटनको प्रवद्र्वन गराउने उद्देश्य समेत रहेको उहाँ बताउनुहुन्छ ।
उहाँले विसं २०२१ मा निजी खर्चमा बागीश्वरी माविका लागि पुस्तकालय तथा विसं २०५२ मा नुवाकोट क्षेत्र नम्बर २ मा बागीश्वरी गाविसमा निजी रु तीन लाखको श्रोतमा राधाकृष्ण मन्दिरको निर्माणसमेत गर्नुभयो । साथै उक्त क्षेत्रको वातावरण सरसफाइ र वनजङ्गल संरक्षणमा समेत उहाँको योगदान छ । “हामीले मरेपछि पनि लैजाने भनेको काम र नाम मात्रै हो”, उहाँले भन्नुभयो । समाजलाई असल कर्मको पथमा डोहो¥याउनु आफ्नो धर्म रहेको उहाँ बताउनुहुन्छ । विभिन्न सामाजिक काममा समेत क्रियाशील प्याकुरेल हाल ब्रह्माकुमारी राजयोगमा लागेर समाजसेवामा संलग्न हुनुहुन्छ । आफ्नो जिब्राको स्वादको लागि पशुको हत्या गर्नु महापाप हो भन्ने विचार राख्ने प्याकुरेल आफूले पहिले नजानेर माछामासु खाएकामा पश्चात्ताप मान्नुहुन्छ ।
“आजको मानिस धर्मलाई नकार्छ तर धर्मविना जीवनको कुनै अर्थ छैन”, उहाँ बताउनुहुन्छ । प्याकुरेल अहिले काम, क्रोध, लोभ, मोह, अहङ्कार सबै त्यागे मात्र भगवान्को शरणमा पुगिन्छ भन्ने पथमा अघि बढिरहनुभएको छ । कानून विषय उत्तीर्ण प्याकुरेल हालसम्म पनि सरकारवादी मुद्दमलगायत असहाय महिलाका लागि निःशुल्क कानूनी सेवा दिँदै आउनुभएको छ । हालसम्म आफूले ५० देखि ६० महिलालाई न्याय दिलाएको उहाँले जानकारी दिनुभयो । कानूनी क्षेत्रमा पनि उहाँको छ दशक बितिसक्यो ।
प्याकुरेलले आफ्नै लागि पनि अदालतका विरुद्ध मुद्दा लडी जित्नुभएको थियो । विसं २०४० देखि उहाँको जग्गा जिल्ला अदालत नुवाकोटले रोक्का गरिदिएपछि उहाँ ३० वर्षसम्म रोक्का फिर्ता गर्न अदालतका विरुद्ध लाग्नुभएको थियो । “जग्गा बेचेर नै बितेको मेरो सामाजिक कर्म अदालतले रोक्का गरिदिएपछि निकै सास्ती बेहोरँें”, स्मरण गर्दै प्याकुरेलले भन्नुभयो । अन्ततः उहाँ विसं २०७० कात्तिक १ गते आफ्नो पक्षमा फैसला लिन सफल हुनुभयो । सो विवरण सर्वाेच्च अदालतको विसं २०७१ बैशाख १ गतेको अङ्क १ को भाग ५६ मा कानून पत्रिकामा समेत उल्लेख छ । विसं २०६३ को अन्तरिम संविधानको मस्यौदा बनाउन समेत उहाँको योगदान छ । त्यतिबेला उहाँले सर्वाेच्च अदालतका न्यायधीश लक्ष्मणप्रसाद अर्यालसँग सहकार्य काम गर्नुभएको थियो ।
आफ्नो पूर्ण जीवन नै अरुको सेवामा समर्पित गर्ने उहाँको योजना छ । काठमाडौँ महाराजगञ्जमा गीता पाठशाला समेत सञ्चालन गरिरहनुभएका प्याकुरेल हाल योगबाट नै मृतात्मासँग सम्पर्क गरिरहेको जिकिर गर्नुहुन्छ । तीन छोरा र एक छोरीका पितासमेत रहनुभएका उहाँ आफूले जीवनमा विवाह गरेर ठूलो गल्ती गर्नुभएको बताउनुहुन्छ र हरेक अविवाहितलाई विवाह नगर्न समेत सल्लाह दिनुुहुन्छ । हाल उहाँ आफूलाई समाजसेवी भन्दा पनि राजयोगी भन्न रुचाउनुहुन्छ ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

न्यूयोर्कमा ‘एनवाईसीनेपाल न्युजडटकम’ शुरु
अमेरिका समाचार

न्यूयोर्कमा ‘एनवाईसीनेपाल न्युजडटकम’ शुरु

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result