काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा द्रुत बस सेवा पुनः सुचारु भएको छ । आज पहिलो दिन २९ वटा मात्रै चलेका छन्। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले ११ वटा बस थप गरिए पनि पहिलो दिन यात्रु कम हुँदा सबै द्रुतबस चलाउन नसकिएको बताए।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रयासमा असोज ३ गते संविधान दिवसको दिनदेखि सञ्चालनमा आएको थियो। काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जामका बीच सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुलाई छिटो गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यले सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो। तर दशैंदेखि भने उक्त सेवा स्थगित भएको थियो। दशैंमा यात्रुहरुको चाप कम भएको भन्दै द्रुत बस सेवा बन्द गरिएको थियो।
‘
प्रतिक्रिया लेख्नुहोस्:-